एमाले अध्यक्ष ओली आज सुदूरपश्चिम जानुहुँदै, तीन वटा चुनावी सभालाई सम्बोधन गर्नुहुने

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न आज सुदूरपश्चिम प्रदेश जाँदै हुनुहुन्छ । 

कात्तिक १८ गते दार्चुलाबाट चुनावी सभाको सुरुवात गरेर हालै मात्र काठमाडौँ फर्किनुभएका अध्यक्ष ओली फेरि सुदूरपश्चिम जान लाग्नुभएको हो।

एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकका अनुसार अध्यक्ष ओलीले आज तीन स्थानका चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

अध्यक्ष ओलीले बिहान ११ः०० बजे डोटीको दिपायल, २ः०० बजे कैलालीको अत्तरियामा र ४ः०० बजे लम्कीको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

उहाँले कात्तिक १८ गते दार्चुला, बैतडी र महेन्द्रनगरका तीन वटा सभालाई सम्बोधन गर्नुभएको थियो ।

 

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ७ : २७ बजे