वीरेन्द्रनगरमा १० वटा मतदान केन्द्रलाई अपाङ्गमैत्री बनाइने

सुर्खेत ।  मङ्सिरमा ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सुर्खेतमा १० वटा मतदान केन्द्रलाई अपाङ्गमैत्री बनाइएको छ । 

वीरेन्द्रनगर नगरपालिकाका १० वटा निर्वाचन केन्द्रलाई अपाङ्ग महासङ्घको समन्वयमा अपाङ्गमैत्री बनाइने भएको हो ।

दृष्टिविहीन, शारीरिक अपाङ्गता भएका मतदाताले मात्र मतदान गर्न पाउने व्यवस्था हुने कर्णाली प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले जानकारी दिनुभयो  । 

जननमुना माध्यमिक विद्यालय, श्रीकृष्ण संस्कृत मावि, अमर ज्योति मावि, भैरव मावि, सिद्ध बहिरा स्कुललगायतका केन्द्रलाई अपाङ्गतामैत्री बनाइने जनाइएको छ।

 

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ७ : ४१ बजे