खाद्य सुरक्षामा फिलिपिन्सको जोड

मनिला । फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड रोमुलादेज म्याक्रोसले आफ्नो देशमा जलवायु परिवर्तनको असर कम गर्नुका साथै खाद्य सुरक्षाका क्षेत्रमा जोड दिइने बताउनुभएको छ ।

उहाँले दक्षिणपूर्वी एसियाली क्षेत्रीय सङ्गठन, आसियानको सम्मेलनका क्रममा आफूले यी विषयमा जोड दिने बताउनुभएको हो । 

बिहीबारदेखि कोलम्बोमा सुरु हुन लागेको सो सम्मेलनमा सहभागी हुन जाने क्रममा विमानस्थलमा राष्ट्रपति फर्डिनान्डले सो प्रतिक्रिया दिनुभएको हो ।

कम्बोडियाको नोम्पेन्हमा बिहीबार सो सम्मेलनमा सुरु हुन लागेको छ । सो सम्मेलनमा एसियाली देशका नेताको सहभागिता हुने जनाइएको छ ।

उहाँले पछिल्लो समयमा फिलिपिन्समा आर्थिक विकासका एजेण्डामा जोड दिनुपर्ने अवस्था रहेको तथा जलवायु परिवर्तनको असर धेरै देखिएको बताउनुभएको हो । 

त्यसैले आसियानको बैठकमा आफूले यिनै विषयमा जोड दिने जानकारी उहाँले गराउनुभएको हो । हालैमात्र विश्व बैंकको एक प्रतिवेदनमा फिलिपिन्स जलवायु परिवर्तनको असरका हिसाबले निकै जोखिमपूर्ण अवस्थामा रहेको जनाइएको थियो ।

त्यसैले यस क्षेत्रमा सहयोग र समन्वयका लागि आफूले आसियानको सम्मेलनमा आवाज उठाउने तयारी गरेको जानकारी राष्ट्रपति फर्डिनान्डले दिनुभएको हो ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  ४ : ५१ बजे