आफ्नो काम स्थगित गरेर पनि विश्वकप सफल बनाउन कतारमा रहेका नेपाली समुदायालाई आग्रह

काठमाडौं । कतारको दोहास्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपाली संघसंस्था तथा समुदायलाई फिफा विश्वकप–२०२२ सफला बनाउन कतार सरकारलाई सहयोग गर्न आग्रह गरेको छ । 

दूतावासले एक विज्ञप्ति जारी गरी कतारमा रहेका नेपाली संघसंस्था र समुदायलाई उक्त आग्रह गरेको हो । 

‘कतारमा क्रियाशिल नेपाली समुदाय तथा संघसंस्थाहरुले पनि सम्पदान गनुपर्ने कुनै कार्यक्रम सम्भव भएसम्म स्थगित गरी इमान्दारिता, नैतिकता, कर्तव्यपरायणता र उच्चमर्यादासहित फिफा विश्वकप सफल बनाउनका लागि जिम्मेवारीपूर्ण सहयोग गर्नु–गराउनु हुनेछ भन्ने विश्वास लिइएको छ,’ दूतावासले विज्ञप्तिमा भनेको छ । 

कतारमा यही नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म फिफा विश्वकप हुँदैछ । 

नेपाल र कतारबीचको सम्बन्धलाई अझ उच्चस्तरमा पुर्याउन सबैले निरन्तररुपमा सकारात्मक भूमिका र जिम्मेवारी बहन गर्नुपर्ने दूतावासले जनाएको छ । 

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  १२ : ३९ बजे