विमान उडाइरहेकै समयमा अन्तर्वार्ता दिएपछि पाइलट विजय लामालाई उडानमा रोक

काठमाडाैं । नेपाल नागरिक उड्डयन प्राधिकरणले पाइलट विजय लामालाई उडानमा रोक लगाएको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले तत्कालका लागि लामालाई उडानमा रोक लगाइएको बताए ।

उडान नियमसम्बन्धी विपरित कार्य गरेकाले छानबिनका लागि लामाको उडान स्थगन गरिएको उनले जानकारी दिए । विदेशी भ्लगर साम चुईलाई विमान उडाइरहेकै समयमा ककपिटबाट नै लामाले भिडियो अन्तर्वार्ता दिएको सार्वजनिक भएपछि उनि अनुसन्धानमा तानिएका हुन् ।

एभिएसन भ्लगर साम चुईले दुबई-काठमाडौं रुटको एक उडानमा ककपिटबाटै पाइलट लामासँग अन्तर्वार्ता लिएको भिडियो सार्वजनिक गरेका थिए । दुबईबाट काठमाडौं उडानका क्रममा उनले वायुसेवा निगमको ए३३० विमानमा क्याप्टेन लामासँग कुराकानी गरेका थिए ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ६ : २९ बजे