‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

राप्रपालाई अभिनेत्री मनिषा कोइरालाको साथ , चुनावी सभालाई सम्बोधन गर्ने 

काठमाडौं । अभिनेत्री मनिषा कोइराला राष्ट्रिय प्रजातन्त्र पार्टीको पक्षमा खुलेकी छन् । शुक्रबार स्याङ्जाको वालिङमा हुने राप्रपाको चुनावी कार्यक्रमलाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसँगै मनिषाले समेत सम्बोधन गर्ने कार्यक्रम छ ।

पोखरामा हुने पार्टीको चुनावी कार्यक्रमपछि लिङ्देन र मनिषा वालिङको कार्यक्रममा सहभागी हुनेछन् । उक्त कार्यक्रमलाई मनिषाले पनि सम्बोधन गर्ने तय भएको राप्रपा स्याङ्जाका अध्यक्ष तुलसिंह ठकुरीले जानकारी दिए ।

मनिषाले पहिलेदेखि नै राजसंस्था र हिन्दू राज्यको पक्षमा आफ्नो धारणा राख्दै आएकी थिइन् । 

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ५ : १५ बजे