भूकम्पबाट भएको जनधनको क्षतिप्रति एमाले अध्यक्ष ओलीद्वारा दुःख व्यक्त

काठमाडौँ । नेकपा एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले डोटीमा भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ ।

अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गर्नुभएको हो  ।

“दुःखद खबर–हिजो भूकम्पका कारण डोटीको पूर्वीचौकी गाउँपालिकामा स्थानीय ८ वटा परिवारका घर भत्केका छन् भने ६ जनाले ज्यान गुमाउनुभएको छ । उहाँहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकमा पर्नु भएका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।” उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ । 

बुधवार बिहान २ बजेर १२ मिनेटमा डोटी केन्द्रबिन्दु भएर गएको ६.६ म्याग्निच्युडको भूकम्पमा परी डोटीको पुर्बिचौकी गाउँपालिका( ३ गैरागाउमा ६ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ११ : १० बजे