काठमाडौं । भारतमा एकैदिन ४ सय ७८ जनाको मृत्यु भएको छ । एएनआइका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ३ हजार ५५८ जनामा कोभिड १९ संक्रमण देखिएको हो।
यससँगै भारतमा कूल संक्रमितको संख्या १ करोड २५ लाख ८९ हजार ६७ पुगेको छ।
हालसम्म भारतमा संक्रमणका कारण १ लाख ६५ हजार १०१ जनाको मृत्यु भइसकेको छ।
हाल भारतभर सक्रिय कोरोना संक्रमितको संख्या ७ लाख ४१ हजार ८३० पुगेको छ।
प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार १ : ५२ बजे
प्रतिक्रिया