राष्ट्रपति भण्डारी आइसल्याण्ड प्रस्थान [फोटो फिचर]

काठमाडौं – राष्ट्रपति विद्यदेवी भण्डारी आइसल्याण्ड प्रस्थान गर्नुभएको छ । उहाँ ६ दिने भ्रमणको सिलसिलामा १८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइसल्याण्ड भ्रमणमा निस्किनु भएको छ ।

महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपीएल) कार्यक्रममा सहभागी हुन उहाँ सोमबार राति त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीको विदाईमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत पुग्नु भएको थियो । भ्रमण पूरा गरी राष्ट्रपति भण्डारी कात्तिक २६ गते स्वदेश फर्किने कार्यक्रम छ ।  विमानस्थलमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपति सम्मान अर्पण गरेको थियो । 

यसैबीच, राष्ट्रपति कार्यालयले एक प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारी आइसल्यान्ड प्रस्थान गर्नु भएकाले उहाँले गर्दै आएका कार्यहरू उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने गरी राष्ट्रपतिले तोक्नु भएको छ  ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ६ : ४८ बजे