राष्ट्रपति भण्डारी आज आइसल्यान्ड जानुहुँदै

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी  ‘रेक्युभिक ग्लोबल फोरम’ मा सहभागिता जनाउन आज आइसल्यान्ड जाने हुनुभएको छ । 

सोमबारदेखि कात्तिक २४ सम्म हुने कार्यक्रममा विश्वभरबाट महिला नेतृहरुले भाग लिँदै हुनुहुन्छ । उक्त फोरम आइल्यान्डको सरकारको महिला राजनीतिक नेतृत्व ९डब्लुपीएल० र आइसल्यान्डको संसदको सह–आयोजक हुन लागेको हो । उक्त टोलीमा राष्ट्रपति कार्यालयका सचिव यादव कोइराला, परराष्ट्र सचिव भरतराज पौड्यालसहित राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरू गरी १७ सदस्यीय टोली जाँदै हुनुहुन्छ । 

उक्त अवसरमा महिला राजनीतिक नेतृत्व ९डब्लूपीएल० ले राष्ट्रपति भण्डारीलाई यस वर्षको प्रतिष्ठित डब्लूपीएल ट्रेलब्लेजर अवार्डद्वारा सम्मानित गर्ने निर्णय गरेको छ । उक्त अवार्ड प्रमुख महिला राजनीतिज्ञहरूको उपलब्धिको कदर गर्दै वर्तमान र पूर्वमहिला राष्ट्रपति तथा प्रधानमन्त्रीहरूलाई दिने गरिन्छ ।

उक्त समारोहमा राष्ट्रपति भण्डारीले अवार्ड ग्रहण गर्ने र मन्तव्य दिने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ३ : ५७ बजे