‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

कपिलवस्तुमा २८ वर्षीया महिला बलात्कृत

कपिलवस्तु ।​​​​​​​ कपिलवस्तुमा एक जना २८ वर्षीया महिला बलात्कृत भएकी छन् । 

ती महिलालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा मायादेवी गाउँपालिका–२ अभिराव बस्ने २० वर्षीय जोगिन्द्र पासी छन् । उनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।  

पासीले ती महिलालई बलात्कार गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  १ : १४ बजे