भरूवा बन्दुकसहित एक जना पक्राउ

दोलखा ।​​​​​​​ गौरीशंकर गाउँपालिका–६ चंखु बस्ने ३८ वर्षीय निमपासाङ शेर्पालाई एक थान भरूवा बन्दुकसहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । 

सामान्य बादबिबादमा भरुवा बन्दुक झिकेपछि उनलाई इलाका प्रहरी कार्यालय गौरीशंकरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

उनलाई गाउँघरमा लुकीछिपी बसेको अवस्थामा उक्त बन्दुक सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

 

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  १ : ०४ बजे