‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

साहित्यकार खनालका एक्काइसौँ कृति ‘भजनहरू’ सार्वजनिक

काठमाडौँ । साहित्यकार महेश्वर खनालका एक्काइसौँ कृति ‘भजनहरू’ प्रकाशित भएको छ ।

चालिस पृष्ठको उक्त पुस्तकमा नारायण, गणेश भजन,  सूर्य भजन, माता भजन,  भगवान् भोले बाबा, कहाँछन् हरि?,आज राधाको नाच छ, एक सन्देश, केही कुरा, भन्दिन म त, अज्ञान, हाय! हाम्रो चाला, के हो त ईश्वर?,असली हिरा के हो?,राधा, हा कृष्ण ! जस्ता ३९वटा भजन सङ्ग्रहित छन् । 

उहाँद्वारा लिखित विभिन्न पाठ्यपुस्तक,  वैभव लक्ष्मी, चालिसा सङ्ग्रह,  एघार चालिसा सङ्ग्रह र आरती सङ्ग्रहका साथै सम्पादित तथा अनुवादित हनुमान चालिसा, विष्णु पुराण,  श्रीमद्भागवतमहापुराण सङ्क्षिप्त, दुर्गा चालिसा, शिव चालिसा, लक्ष्मी चालिसा, गणेश चालिसा, महाकाल शनिमृत्युन्जयजस्ता कृति सार्वजनिक भैसकेका छन् ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  १ : २२ बजे