‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

बेलायतमा मिसेस नेपाल युनिभर्स प्रतियोगिताको तयारी

लन्डन । बेलायतमा तेस्रो मिसेस नेपाल युनिभर्स प्रतियोगिताको तयारी सुरु भएको छ ।

लन्डन फेसन हाउसको आयोजनामा प्रत्येक वर्ष आयोजना गर्दै आएको विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिताको आउँदो ४ डिसेम्बरमा अल्डरसटस्थित एम्पायर हलमा हुँदैछ ।

कोभिड महामारीका कारण रोकिएको प्रतियोगिता यस पटक गर्ने भइरहेको आयोजक लन्डन फेसन हाउसकी निर्देशक मनिषा डङ्गोल श्रेष्ठले जानकारी दिनुभयो ।

मिसेस नेपाल युनिभर्स वीनरले बुल्गेरियामा हुने ४५ औँ मिसेस युनिभर्समा सहभागिता जनाउन सक्ने डङ्गोलले बताउनुभयो। उहाँका अनुसार यही आइतबारदेखि प्रतियोगीहरूको प्रशिक्षणसहित अन्य प्रक्रिया अगाडि बढ्नेछ ।

प्रतियोगितामा जुनै देशका नेपाली महिलाले भाग लिन सक्ने आयोजकले जनाएको छ ।

विवाहित महिलाहरूको बाह्य तथा आन्तरिक सौन्दर्य, क्षमता र आत्मविश्वास अभिवृद्धिका लागि प्रतियोगिता अझ व्यापक र विस्तारित रूपमा गर्न लागिएको जनाउँदै उहाँले महिला सशक्तीकरणमा जोड दिने बताउनुभयो।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ८ : १२ बजे