साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

विचार प्रष्ट भएको प्रधानमन्त्रीप्रति विश्वास छ : महन्थ ठाकुर

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीप्रति विश्वास बढेर गएको बताउनुभएको छ । नयाँ सरकार गठनमा काँग्रेस लगायत अन्य दलको विचार प्रष्ट नभएको बताउनुहुँदै उहाँले भन्नुभयो, ओली जी निर्वाचित प्रधानमन्त्री हुनुहुन्छ, निर्वाचित आफ्नो पार्टीको अध्यक्ष हुनुहुन्छ । अहिले सम्म उहाँको सरकार बहुमत प्राप्त सरकार हो । उहाँ अल्पमतमा पर्नुभएको छैन ।’ मधेशका मुद्धामा ओली सरकार धेरै हदसम्म लचिलो र गर्न सक्ने जति गरिदिन्छु भन्नु नै आफुहरुका लागि ठुलो कुरा भएको ठाकुरको बुझाईछ । उहाँले भन्नुभयो,–‘अरुले त यति गरिदिन्छु भनेका छैनन, प्रधानमन्त्री ओलीले जति सक्छु तपाईहरुका माग पुरा गर्छु भन्नुभएको छ ।’

मधेश मागमा मात्र नभएर राजनीतिका अन्य सवालमा पनि प्रधानमन्त्री ओली प्रष्ट भएको ठाकुरले बताउनभयो । ‘ओलीको लाइन क्लियर छ, उहाँले यो भएपछि यो गर्छु, त्यसपछि यो गर्छु त भनिरहनुभएको छ ।’ गठबन्धन सरकार छ माओवादीले अहिलेसम्म ओलीलाई समर्थन दिइरहनुभएको छ । प्रधानमन्त्रीले प्रष्ट रुपमा राजिनामा दिन्न भन्नुभएको छ । माओवादीको समर्थन फिर्तापछि, प्रधानमन्त्रीले कि समर्थन जुटाउनुहुन्छ होइन भने अर्को विकल्प दिनुहुन्छ प्रधानमन्त्रीको  लाइन क्लियर छैन र ? उहाँको प्रश्न थियो ।

उहाँले नेपाली काँग्रेसका सभापति शेर वहादुर देउवाको लाइन प्रष्ट नभएको बताउनुभयो । उहाँले भन्नुभयो, म सरकारमा जाँदिन पनि भन्ने फेरि कहिले म आफै बन्छु पनि भन्ने देउवामा ढुलमुले चरित्र छ । अध्यक्ष ठाकुरले केपी ओलीको नेतृत्वमा सरकार छ र उहाँमा सवै मुद्धालाई समाधान गर्ने क्षमता भएकाले आफ्नो मुद्धालाई समर्थन गर्ने नेतालाई साथ दिन चाहेको बताउनुभयो । उहाँले भन्नुभयो,–‘ओलीको हातमा सत्ता छ त्यहाँबाट हाम्रो काम भईरहेको छ, कुरा मिलिसकेको छ अब प्रक्रिया मात्रै बाँकी हो ।’
 

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  १२ : ३९ बजे