रुसको नाइटक्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु

मस्को । रुसको पश्चिमी शहर कोस्ट्रोमामा रहेको एक रात्रि क्लबमा शनिबार राति भएको आगलागीमा परी कम्तीमा १३ जनाको मृत्यु  भएको छ ।

 सो दुर्घटनमा अन्य ४ जना घाइते भएको क्षेत्रीय आपतकालीन सेवाका प्रवक्ताले रुसको स्पुतनिक समाचार एजेन्सीले जनाएको छ ।  स्थानीय आपतकालीन सेवाहरूलाई उद्धृत गर्दै तासले  जनाएअनुसार क्याफेमा आगन्तुकले आगजनी गरेको   अनुमान गरिएको छ । उक्त क्याफेबाट २५० जनालाई बाहिर निकालिएको थियो।आगो  ३, ५०० वर्ग मिटर क्षेत्रमा  फैलिएको थियो।  
घटना बारे अनुसन्धान जारी छ  भने विस्तृत विवरण आउँन बाँकी छ । 
 

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  १ : २८ बजे