‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

प्राण रहेसम्म लड्छौ राष्ट्र…… 

प्राण  रहेसम्म लड्छौ राष्ट्र र राष्ट्रियताको लागि                 
सुस्ता, कालापानी र लिपुलेक नेपालमा छ देखाउनका लागि     
एक मुठी सास रहुन्जेल , हामी निरन्तर   लड्छौँ    
हाम्रो यो देशको भूमि,   एक इञ्ची पनि छोड्दैनौँ   

सुँघौली सम्धीका बारेमा पनि गम्भीर भएर सोच्नुपर्छ       
कालापानी, लिपुलेक र लिम्पियाधुराको बारेमा सबैले सोच्नुपर्छ
सिमाको सुरक्षाको लागि सबै नेपालीमा एकता हुन पर्छ   
आज सबैले नेपाल आमाको आशु पुछनुपर्छ

प्राण रहेसम्म लड्छौ राष्ट्र र राष्ट्रियताको लागि        
​​​​​​​सुस्ता, कालापानी र लिपुलेक नेपालमा छ देखाउनका लागि     

 

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  १२ : २५ बजे