कर्नाटक सडक दुर्घटनामा सात जनाको मृत्यु, छ जना घाइते

कर्नाटक । कर्नाटकको बिदरमा शनिबार ट्रक र अटो रिक्सा ठोक्किँदा सात महिलाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन्।

बेमलखेडा गाउँ नजिकै दुर्घटना भएको  र दुर्घटनाका घाइतेलाई बिदर अस्पताल लगिएको बिदर प्रहरीले जनाएको छ ।

बुढामनहल्ली गाउँपालिकाका महिला मजदुर काम सकेर घर फर्किरहेका बेला सो दुर्घटना भएको हो ।

घटनाबारे बेमलखेडा प्रहरी चौकीमा उजुरी परेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान जारी छ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ११ : २१ बजे