ठूलो भारतले सानो चित्त गर्ने होइन, खोलो सर्‍यो कि सिमाना सारिहाल्ने ? : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सीमाना सारिरहने भारतीय प्रवृत्तिको आलोचना गर्नुभएको छ । पहिलो चुनावी सभालाई सम्बोधन गर्न शुक्रबार दार्चुला पुग्नुभएका उहाँले भारतले नेपाली क्षेत्रमा बाटो बनाएर झमेला गरेको बताउनुभयो।

उहाँले नदी वरतिर सर्‍यो भनेर सीमा वरतिर सर्ने नभएको भारतलाई भन्न चाहेको बताउनुभयो। ‘पहिले नदी भएका ठाउँमा भारतले बाँध लगाउने होइन। ठूलो भारतको सानो चित्त हुँदैन हुँदैन। ठूलो भारतले सानो चित्त गर्ने होइन, खोलो उता सर्‍यो कि सिमाना सारिहाल्ने ?,’ उहाँले प्रश्न गर्नुभयो । 

‘भारतले हाम्रो भू-भागबाट अनावश्यक ढंगले ९बाटो बनायो०, हामी आफैं बनाउने थियौँ, तर भारतले आफूले बनाएर बेकारको झमेला निकाल्यो,’ उहाँले भन्नुभयो । 

 ‘यो सुहाउँदैन। नेपाली जनताले यस्तो कुरालाई थिचोमिचोको रुपमा बुझ्छन्। त्यो कुरा भारतले गर्न हुँदैन। यो मैले भारतका नेताहरुलाई भनिरहेको छु,’ उहाँले भन्नुभयो । 

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  २ : ४१ बजे