काठमाडौँ । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई अमेरिकी नवनियुक्त राजदूत डिन थम्प्सनले बिहीबार भेट गर्नुभएकाे छ । ओलीलाई भेट्न थम्प्सन ओली निवास बालकोट पुग्नुभएकाे थियाे ।
भेटवार्तामा अमेरिका र नेपालले सामना गर्नु परेका साझा चुनौतीको बारेमा कुरा भएको अमेरिकी राजदूतावासले जनाएको छ । साथै, उनीहरुबीच नेपाल र अमेरिका बीचको ७५ वर्षको महत्वपूर्ण सम्बन्ध र यसको निरन्तरताबारे पनि छलफल भएको थियो ।
प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार ५ : ०४ बजे
प्रतिक्रिया