देश र जनताको हितमा काम गर्ने पार्टी एमाले मात्रै : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले छिमिकी मुलुक भारतले लगाएको नाकाबन्दी र अतिक्रमित भूमि फिर्ता लिने सन्दर्भमा दृढ अडान राख्ने एमाले मात्रै भएको दाबी गर्नुभएको छ।

काठमाडौं ५ बाट आफ्नो प्रतिबद्धता सार्वजनिक गर्दै उहाँले देश र जनताको हितमा काम गर्ने पार्टी एमाले मात्रै भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘कुनै पार्टीहरू राजनीतिक स्थायित्वका लागि उभ्याउन सकेको छैन । राजनीतिक स्थायित्व आर्थिक विकास र समृद्धिको लागि आवश्यक छ । छिमेकीले नाकाबन्दी लगाएको बेलामा र आफ्नो भूमि फिर्ता लिने सन्दर्भमा एमालेबाहेक अरु कुनै पार्टीले दृढ अडान लिन सकेनन् । नागरिकताको सवाल पनि जोडिएर आएको छ ।’

उहाँले नेपाली नागरिकले आमाको नामबाट पनि नागरिकता पाउनुपर्छ भन्नेमा एमाले रहेको बताउनु भयो। उहाँले भन्नुभयो, ‘अंगीकृत नागरिकताको सन्दर्भमा हामीले सर्तकता अपनाउनुपर्छ । हामीले ठीक ढंगबाट अडान लिन सकेनौँ भने हाम्रो स्वाभिमान, अस्तित्व र स्वतन्त्रतामाथि समेत आँच पुग्न सक्छ ।’

पोखरेलको घोषणापत्रकाे (पूर्णपाठ)

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  २ : ५२ बजे