डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

जुम्लामा हेलिकप्टरमार्फत् ल्याइयो मतपत्र

जुम्ला । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि प्रयोग हुने प्रत्यक्ष र समानुपातिकतर्फका मतपत्र जुम्ला आइपुगेको छ । 

सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टरमार्फत् मतपत्र ल्याइएको निर्वाचन कार्यालय जुम्लाका प्रमुख महेश शर्माले जानकारी दिनुभयो । नेपाली सेना नन्दबक्स गणका गणपति रवीन थापाले नेपाली सेनाको हेलिकप्टरले २ पटकमा मतपत्र ल्याएको बताउनुभयो । 

गत असोज १९ गतेदेखि परेको अविरल वर्षा र बाढीका कारण कर्णाली राजमार्ग अबरुद्ध भएपछि हेलिकप्टरमार्फत् मतपत्र ल्याइएको परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाका प्रमुख विष्णुप्रसाद गौतमले बताउनुभयो । स्थानीय तहको निर्वाचनका लागि भने मतपत्र ट्रकमार्फत् ल्याइएको थियो । 

निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ एक लाख ५१ हजार मतपत्र ल्याइएको छ । जसमध्ये प्रतिनिधिसभाको समानुपातिकतर्फ ७७ हजार र प्रदेशसभा समानुपातिकतर्फ ७४ हजार मतपत्र ल्याइएको हो । 

साथै, प्रत्यक्षतर्फको प्रतिनिधिसभाका लागि ७६ हजार र प्रदेशसभा (क) का लागि ४२ हजार तथा प्रदेशसभा (ख) का लागि ३६ हजार मतपत्र ल्याइएको हो । जिल्लामा रहेका ६८ हजार ६३८ मतदातामध्ये प्रदेश (क) मा ३६ हजार ७८३ र प्रदेश (ख) मा ३१ हजार ८५५ छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  २ : ४५ बजे