सुनको मूल्यमा नयाँ कीर्तिमान

बङ्गलादेशमा जारी यु–१५ महिला साफ च्याम्पियनसिप आज नेपाल र भुटान भिड्दै

काठमाडौँ । बङ्गलादेशमा जारी यु–१५ महिला साफ च्याम्पियनसिप आज नेपाल र भुटान भिड्दै छन् । 

ढाकामा हुने खेलमा विजयी हुँदै नेपाल प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्यमा छ । खेल आज दिउँसो सवा ४ः०० बजे सुरु हुनेछ । उपाधि जित्ने लक्ष्यसहित ढाका पुगेको नेपालले पहिलो खेल खेल्न लागेको हो । 

यसअघि उद्घाटन खेलमा बङ्गलादेशले भुटानलाई ८–० अन्तरले पराजित गरेको थियो । डवल राउन्ड रोबिन आधारमा जारी प्रतियोगितामा तीन टोलीको सहभागिता रहेको छ । शीर्ष टोलीले उपाधि जित्नेछ ।

नेपाली टोलीमा गोलकिपर: राधिका ओली, सुजता तामाङ, रुपा धिमाल रहेका छन् भने रक्षक: सिता रोकाया, दिपा मगर, अञ्जना पुन मगर, अमिता भुल, बिपना स्नेही ,रेणु लिम्बु, डोल्मा लामा छन् । 

त्यस्तै, मिडफिल्डरः सिम्रन राई, पुनम चेम्जोङ, भाजना परियार, सबिता मण्डल, भुमिका बुढाथोकी, सुशीला केसी, सुक्रिया मिया, रेबिका नेपाली, मनीषा सेन छन् भने स्ट्राइकरः दिपा रोकाया (कप्तान),समीक्षा मगर, वर्षा ओली, सेनु परियार छन् ।

 

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  ८ : १६ बजे