हेटौंडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले ४ मंसिरमा हुने आम निर्वाचनमा ५ दलीय सत्ता गठबन्धनले चुनाव जिते देश अस्थिरतामा र भ्रष्टाचारको दलदलमा फस्ने बताउनुभएको छ ।
नेकपा एमालेबाट मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार समेत रहनुभएका थापाले पाँच दलीय गठबन्धन सत्तामा पुग्न र कुर्सिमा बस्न विदेशीसँग सहयोग मागिरहेको समेत बताउनुभयो ।
बुधबार नेकपा एमाले निर्वाचन परिचालन कमिटी, हेटौंडा–५ ले गरेको जनसंगठनका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले राष्ट्रवादी पार्टी एमालेलाई नजिताए मुलुकको अर्थतन्त्र टाट पल्टिएर श्रीलंकको अवस्थामा पुग्ने दाबी गर्र्नुभयो ।
थापाले आगामी मंसिर ४ गतेको निर्वाचन राष्ट्रवादी पार्टी एमाले र विदेशीहरुले खडा गरिएको गठबन्धनको अराजकता र कठपुतली सरकारबीच प्रतिस्पर्धा भएको बताउँदै राष्ट्रवादी पार्टी एमालेका उम्मेदवारलाई जिताउन अनुरोध गर्र्नुभयो ।
प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार ६ : ०५ बजे
प्रतिक्रिया