डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

सरकारी खर्चमा डडेलधुरा जान लाग्नु भएका प्रधानमन्त्री देउवालाई आयोगले रोक्यो

काठमाडौँ। निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकारी खर्चमा डडेलधुरा जान रोक लगाएको छ  ।

सरकारी खर्चमा चुनाव प्रचारप्रसारका लागि डडेलधुरा जान लाग्नु भएका कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवालाई आयोगले सरकारी खर्चमा जान रोक लगाएको  हो । यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले देउवाको डडेलधुरा यात्रा अनुमतिका लागि निर्वाचन आयोगमा पत्र पठाएको थियो ।

आयोगले पत्रको सम्बोधन गरी सरकारी खर्चमा प्रचारप्रसारमा जान नपाइने आचारसंहिताको स्मरण गराएको हो । सरकारी स्रोतसाधन प्रयोग गरी प्रधानमन्त्री देउवा डडेलधुरा जान खोजेकोमा रोक लगाएको निर्वाचन आयोग स्रोतले जनाएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ३ : २३ बजे