प्रतितोला पाँच सयले बढ्यो सुनको मूल्य

काठमाडौं ।​​​​​​​ बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा पाँच सय रुपैयाँले बढ्दै ९३ हजार ६ सय रुपैयाँमा काराेबार भइरहेकाे छ । मंगलबार छापावाल सुन प्रतितोला ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुनको मूल्य समेत तोलामा पाँच सय रुपैयाँले नै बढ्दै ९३ हजार एक सय रुपैयाँ पुगेको महासंघको जनाएको छ ।  

चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्य १० रुपैयाँले बढेर आज प्रतितोला एक हजार २२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ११ : ५२ बजे