बढी भाडा लिने ३१ जना नियन्त्रणमा

रेलको कुरा गर्दा मजाक गर्नेहरूले आफ्नो चुनावी घोषणापत्रमा रेल देखाए : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको सरकारले रेलको कुरा गर्दा मजाक गर्नेहरूले आफ्नो चुनावी घोषणापत्रमा रेल देखाएको बताउनुभएको छ। 

काठमाडौँको क्षेत्र नम्बर १ मा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले रेलको विरोध गर्नेहरूले आफ्नो चुनावी घोषणापत्रमा रेल देखाउन बाध्य भएको बताउनुभएको हो ।

“परराष्ट्र मन्त्री चाइना गएर रसुवा–काठमाडौँ रेलको डिटेल सर्भेका लागि सम्झौता गरेर आउनुभयो । त्यो हाम्रो योजना हो । चाहिँदो रहेछ त । हामीलाई पछ्याउनुभयो त । रेलको कुरा गर्दा मजाकमा उडाउनेहरू अहिले आफ्नो घोषणापत्रमा रेलको थुतुनो नदेखाई बेच्न नसक्ने भए ।”। उहाँले भन्नुभयो ।

उहाँले जनकपुरमा एमाले सरकारले ल्याएको रेल चढ्न अहिले काँग्रेस–माओवादीका घरपरिवार आतुर बनेको पनि बताउनुभयो ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ११ : ४२ बजे