बढी भाडा लिने ३१ जना नियन्त्रणमा

नगरकोट सडक निर्माण ढिलाइको विरोधमा सडक अवरुद्ध

​​​​​​​भक्तपुर । भक्तपुरको नगरकोट सडक निर्माणमा ढिलाइ भएको भन्दै दुई घण्टा सडक अवरुद्ध गरिएको छ । 

सो क्षेत्रका विभिन्न राजनीतिक पार्टीका उम्मेदवारहरूको सहभागितामा नगरकोट सडक जाने भक्तपुर कमल विनायक भत्केको पाटीमा बुधवार बिहान ८ बजेदेखि दुई घण्टा सडक अवरुद्ध गरिएको थियो ।

नगरकोट नाल्दुम पर्यटन विकास समितिको अगुवाइमा भएको कार्यक्रममा सत्ता गठबन्धन, एमाले, राप्रपालगायतबाट सो क्षेत्रमा उम्मेदवारी दिएका उम्मेदवारहरूले सहभागिता जनाएका थिए ।

 

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ११ : २७ बजे