काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली त्रिपुरेश्वरको महादेव मन्दिरको दर्शन गर्नुभएको छ ।
काठमाडौँ क्षेत्र नम्बर १ का एमाले उम्मेदवार किरण पौडेलको चुनाव प्रचारको सिलसिलामा अध्यक्ष ओली त्रिपुरेश्वरको मन्दिरमा जानुभएको उहाँको सचिवालयले जनाएको छ ।
यसअघि १६ साउनमा ओली पशुपतिको गङ्गा आरतीमा पनि सहभागी हुनुभएको थियो ।
प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार १० : ३५ बजे
प्रतिक्रिया