मुलुकमा पश्चिमी वायुको सामान्य प्रभाव 

काठमाडौँ । मुलुकमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, बागमती, गण्डकीका पहाडी भू–भागमा आंशिक बदली रहनेछ बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । 

प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक÷दुई स्थानमा हल्का वर्षाको आँकलन गरिएको छ । राति प्रदेश १, बागमती, गण्डकी र कर्णालीका पहाडी भू–भागमा आंशिक बदलीको सम्भावना छ । 

बिहीबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ७ : २७ बजे