काठमाडौँ । नेकपा (एमाले)ले श्रमिकहरूको न्यूनतम ज्याला २५ हजार रुपैयाँ पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।
मंगलबार काठमाडौंको याक एण्ड यति होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सार्वजनिक गर्र्नुभएको घोषणापत्रमा एमालेले श्रमिकलाई न्यूनतम ज्याला २५ हजार पुर्याउने प्रतिवद्घता गरेको हो ।
‘अधिकांश श्रमिक तथा कर्मचारीलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने ‘औपचारिक क्षेत्रका सवै र अनौपचारिक क्षेत्रका ७५ प्रतिशत श्रमिकहरू योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा समेटिने छन्।’
घोषणा पत्रमा लेखिएको छ‚ ‘स्वदेश तथा विदेशमा, ज्याला रोजगारी तथा स्वरोजगारीमा रहेका सबैलाई योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा समेटिनेछ । श्रमिकहरूको न्यूनतम ज्याला मासिक २५ हजार पुर्याइनेछ ।’
प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार ४ : २६ बजे
प्रतिक्रिया