सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । सुन र चाँदीको मूल्य बढेको छ । सुनचाँदीकाे मूल्य म‌ंगलबार बढेकाे नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हाे ।

याेसँगै छापावाल सुनको मूल्य ९३ हजार १००, तेजावी सुनको मूल्य ९२ हजार ६०० रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ । 

चाँदीको मूल्य १२ सय १५ रुपैयाँमा किनबेच भइरहेकाे छ ।

सोमबार छापावाल सुनको मूल्य ९३ हजार र चाँदीको मूल्य १२ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  १२ : ०८ बजे