डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

निर्वाचन आयोगले कात्तिक १८ गतेदेखि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्दै  

काठमाडौँ । निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालनको तयारी गरेको छ । 

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले कात्तिक १८ गतेबाट मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने बताउनुभयो। 

उहाँका अनुसार मतदाता शिक्षाका लागि सामग्री जिल्ला पुगिसकेकाले अब कार्यक्रम सञ्चालन हुने भएको हो  । मतदाता शिक्षा कार्यक्रम १ करोड ८० लाख मतदातासमक्ष पुर्‍याउन प्रत्येक वडामा एउटा स्वयंसेवक परिचालन गरिने भएको छ ।

एउटा स्वयंसेवकले १५ जनाको समूहमा दुई वटा ब्रोसरबाट मतदान गर्ने, मतपत्र मतपेटिकामा खसाल्ने, मतदान केन्द्रसम्म पुग्ने लगायत विषयमा जानकारी दिनेछन् ।

आयोगले मतदाता शिक्षाका लागि स्वयंसेवक छनोट गरिसकेको छ ।

 

 

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  १० : १८ बजे