डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

मतदाता शिक्षाका लागि महिला स्वयंसेविकालाई परिचालन गरिँदै

रसुवा । जिल्ला निर्वाचन कार्यालय रसुवाले आसन्न निर्वाचनको मतदाता शिक्षाका लागि महिला स्वयंसेविकालाई परिचालन गर्ने भएको छ । 

यसका लागि कार्यालयले उहाँहरूलाई आजदेखि प्रशिक्षण कार्यक्रम समेत तय गरेको छ ।

जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाले जिल्लाका पाँच वटै गाउँपालिकाका २७ वडाका महिला  स्वयंसेविका मार्फत मतदाता शिक्षा प्रदान गर्न लागिएको जानकारी दिनुभयो । 

पहिलो चरणमा सम्बन्धित गाउँपालिकाको तोकिएको अधिकृतलाई प्रशिक्षण दिई प्रशिक्षक तयार गरिने र उहाँहरू मार्फत महिला स्वयंसेविकालाई प्रशिक्षण दिने कार्यक्रम रहेको जनाइएको छ ।

सत्ताइस वडामा परिचालन हुने ती महिला स्वयंसेविकाले प्रत्येक गाउँ टोलमा पुगी मतदानको महत्त्व, मतपत्रको सदुपयोगजस्ता विषयमा मतदातालाई जानकारी  दिनेछन् । 

प्रतिनिधिसभा सदस्य  एक र प्रदेशसभा सदस्य दुई रहेको  जिल्लामा ३९ हजार चार सय ५९  मतदाता छन् ।  मतदानका लागि ५२  केन्द्र तय भएको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ९ : ५१ बजे