डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

सन्दीप लामिछानेविरुद्ध आज मुद्दा दर्ताको तयारी

काठमाडौँ । नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछाने विरुद्ध आज मुद्दा दर्ता गर्ने तयारी गरिएको छ।  

किशोरी बलात्कारको आरोपमा पक्राउ परेका उनी विरुद्ध प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन बुझाएको १ हप्तापछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गर्न लागेको हो । 

विदेशबाटै फर्कँदै गर्दा २० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका सन्दीप प्रहरी हिरासतमा छन् । जबरजस्ती करणी मुद्दामा प्रहरीले अधिकतम २५ दिनसम्म मात्र थुनेर अनुसन्धान गर्न पाउँछ । तर, तिहार र छठको एक साता लामो बिदाका कारण सन्दीप २५ दिनभन्दा लामो समय हिरासतमा बसेका थिए ।

आज अदालत खुलेसँगै सरकारी वकिलको कार्यालयले मुद्दा दर्ताको तयारी गरेको हो ।

१७ वर्षीया किशोरीले आफूमाथि सन्दीपले काठमाडौँको एक होटलको ३०५ नम्बर कोठामा लगेर बलात्कार गरेको भन्दै प्रहरी वृत्त गौशालामा भदौ २१ गते किटानी जाहेरी दिएपछि उनी पक्राउ परेका थिए ।

 

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ८ : ४५ बजे