मधेस प्रदेशमा आज पनि सार्वजनिक बिदा

काठमाडौँ । मधेस प्रदेशमा आज पनि सार्वजनिक बिदा रहेको छ । 

सरकारले छठ पर्वका अवसरमा आइतबार देशभर सार्वजनिक बिदा दिएको थियो । तर, मधेस प्रदेश सरकारले छठको अन्तिम दिन पनि बिदा दिएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार एक विज्ञप्ति जारी गर्दै कात्तिक १४ गते आज पनि मधेस प्रदेशमा सार्वजनिक बिदा दिइएको जनाएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ७ : २० बजे