म एमाले होइन तर एमालेले जित्नुपर्छ : डा.मथुराप्रसाद श्रेष्ठ 

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर– ५ मा चुनावी भेटघाटमा रहेका नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नागरिक अगुवा डा।.मथुराप्रसाद श्रेष्ठले साथ दिनुभएको छ । 

मतदातासँगको भेटघाटको दौरान श्रेष्ठ निवास पुग्नुभएका पोखरेललाई विजयका लागि शुभकामना प्रदान गर्दै नागरिक समाजका अगुवा श्रेष्ठले आम जनताले फेरि पनि एमाले नेतृत्वको सरकार चाहिरहेको बताउनुभयो । 

आम जनताले फेरि पनि केपी ओली नेतृत्वको सरकार आउनुपर्छ भन्ने चाहना प्रकट गरेको आफूले पाएको बताउँदै उहाँले अझै सशक्त भएर लाग्न पोखरेललाई शुभकामना दिनुभयो । 

उहाँले आफू एमाले नभए पनि एमालेले जित्नुपर्छ भन्ने मान्यतामा अडिग रहेको बताउनुभयो । एमाले बाहेक अरू कसैले पनि अहिलेको अवस्थामा देशको नेतृत्व गर्नै नसक्ने अवस्थामा रहेको उहाँले बताउनुभयो ।

सरकारको नेतृत्व एमाले बाहेक अरू कसैको हातमा पुग्यो भने बेइमानी र फट्याइँ हुनसक्ने बताउँदै उहाँले एमालेप्रति जनताको ठुलो आशा रहेको बताउनुभयो । 

प्रदेशसभाका उम्मेदवार दीपक निरौलासहित डा.श्रेष्ठ निवास पुग्नुभएका काठमाडौँ–५ का उम्मेदवार पोखरेलले एमालेप्रति दर्शाएको सद्भावप्रति धन्यवाद व्यक्त गर्नुभयो । 

उहाँले डा.श्रेष्ठको विश्लेषण नै आजको सही कुरा भएको बताउँदै देशलाई माया गर्नेहरूले एमालेलाई रोज्नुपर्ने बताउनुभयो । 

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  १० : ३३ बजे