डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

मनकामना दर्शनका लागि हिँडेको बस दुर्घटना, पाँच जनाको मृत्यु, २५ जना घाइते

​​​​​​​काठमाडौँ । गोरखाको मनकामना दर्शनका लागि यात्री बोकेको बस दुर्घटनामा परेको छ । 

पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीबाट मनकामनाका लागि छुटेको ना६ख ७५८० नम्बरको बस पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका–२ मथारमा दुर्घटनामा पर्दा पाँच जनाको ज्यान गएको छ ।

प्रहरीका अनुसार २५ जना घाइते भएका छन् । दुर्घटना बिहान ४ः०० बजे भएको हो । घाइतेको उद्धार भइरहेको र घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ७ : ४३ बजे