‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

चितवनको माडीमा खुकुरी प्रहार गरी एक युवकको हत्या, एक जना पक्राउ

चितवन । माडी नगरपालिका(४ घोसरीमा सँगै बसेर मदिरा सेवन गर्ने क्रममा विवाद भएपछि एक व्यक्तिले आफ्नै साथीको खुकुरी प्रहार गरी हत्या गरेका छन् । 

खुकुरी प्रहारबाट अन्दाजी ३३ वर्षीय जीवन नेपालीको हत्या भएको माडी प्रहरीले जनाएको छ । घटनास्थल नजिकै रगतमा लतपतिएको खुकुरी प्रहरीले फेला पारेको छ । परियारको हत्या गरेको आरोपमा प्रहरीले उनकै साथी नवलपरासी बस्ने ३४ वर्षीय एक युवकलाई माडी–३ इनारबरुवाबाट पक्राउ गरेको छ । प्रहरीले पक्राउ गरिएका व्यक्तिको पहिचान खुलाएको छैन ।

अनुसन्धानकै क्रम चलेकाले हत्या आरोपित व्यक्तिको पहिचान नखुलाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिनुभयो । नेपालीको शुक्रबार राती करिब १० बजे हत्या भएको अनुमान गरिएको छ ।

घटनास्थलमा अत्यधिक रगत बगेको र भुईँमा घोप्टिएको अवस्थामा नेपालीको शव भेटिएपछि स्थानीयले प्रहरीलाई राती १२ बजे खबर गरेका थिए । 

नेपालीमाथि खुकुरी प्रहार गरेर भाग्ने क्रममा आरोपितले घोसरी गाउँमै घरमा सुतिरहेकी एक महिलाको गहना समेत लुटपाट गरेका थिए ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ८ : १९ बजे