यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

दक्षिणी फिलिपिन्समा आएको बाढीमा परी कम्तीमा तेह्रको मृत्यु

मनिला ।  दक्षिणी फिलिपिन्सको मागुइन्डानाओ प्रान्तका कैयौं शहरहरुमा रातभरी परेको भीषण वर्षाका कारण शुक्रबार कम्तीमा १३ जनाको मृत्यु हुनुको साथै अन्य धेरै बेपत्ता भएका स्थानीय अधिकारीहरले जानकारी दिएका छन् । 

भीषण बाढीको कारण आएको पहिरोमा परी तेह्र जनाको मृत्यु भएको मागुइन्डानाओ प्रान्तको प्रकोप नियन्त्रण र व्यवस्थापन कार्यालयकमा प्रमुख नुरुउल्लाह इमामले पुष्टि गर्नुभएको छ ।फिलिपिन्समा मुख्यतया प्यासिफिक रिंग अफ फायर र प्यासिफिक टाइफुन बेल्टमा यसको स्थानको कारण विश्वको तुुलनामा यस्ता प्रकोपहरु आउने गरेका छन् । औसत रुपमा यस देशमा वार्षीक बीस ओटा टाइफुनहरु आउने गरेका छन् । ती मध्ये केही तीव्र र विनाशकारी रहेका जनाइएको छ । 

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  २ : ४५ बजे