‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

जुवा खेलिरहेका १८ जना काठमाडौंको एक रिसोर्टबाट पक्राउ

काठमाडौं । काठमाडौंको एक रिसोर्टबाट १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। नागार्जुन नगरपालिका-७ स्विजरल्यान्डपार्क नजिकै उदयराज पुरीले सञ्चालन गरेको दहचोक सिटी भ्यू रिसोर्ट प्रालिबाट १८ जनालाई प्रहरीले बिहिबार राति पक्राउ गरेको हो।

जुवा र कौडा खेलिरहेको आरोपमा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।

उनीहरूबाट ३ लाख ८२ हजार ५९५ रुपैयाँ बरामद भएको छ। यस्तै १५ बुक तास र १६ थान कौडा पनि बरामद भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  १२ : ५५ बजे