साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

निलम्बित नेता माधव नेपालले गरेका निर्णय वैधानिक छैनन् : बिष्णु रिमाल

काठमाडौं । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालले माधवकुमार नेपाल पार्टीबाट ६ महिनाका लागि निलम्बनमा रहेकाले उहाँले गरेका निर्णय वैधानिक नहुने बताउनुभएको छ । 

उहाँले निलम्बनमा परेका व्यक्तिले पार्टीसँग जोडेर गरेका कुनै पनि निर्णय मान्य र वैध नहुने भन्दै अवैधानिक क्रियाकलाप नगर्न नेपाललाई सुझाव दिनुभयो ।
नेपाली रेडियो नेटवर्कको सँग कुरा गर्दै उहाँले भन्नुुभयो,‘नेताहरुले गल्ति गर्दा सुध्रिने मौका दिनुपर्छ, एमाले पार्टीले पनि मौका दिएको छ । पार्टी विरोधी गतिविधि नगर्न भनेरै माधव नेपाल लगायतका नेतालाई निलम्बन गरिएको हो । उहाँहरु सच्चिएर पार्टीलाई एकजुट बनाउन जुट्नुपर्छ ।’

नेपाल–खनाल समूहले काठमाडौंमा समानान्तर जिल्ला कमिटी घोषणा गर्नुलाई पनि रिमालले अवैधानिक भन्नुभएको छ । उहाँले भन्नुभयो,– विधि र पद्धतिको कुरा गर्ने सिनियर नेताले सोच्ने कुरा हो, नेताले यस्तो गर्न मिल्दैन ।’ नेता रिमालले भन्नुभयो, वरिष्ठ नेताहरुलाई पार्टीको विधि पद्धति अनुसार चल्नुस भन्ने हो त्यो उहाँले गरिरहन भएको छैन ।
 

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  ११ : ०१ बजे