यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

सडक दुर्घटनामा एघारको मृत्यु

कायरो। इजिप्टको राजधानी कायरोको उत्तरमा पर्ने डाकाहलिया प्रान्तमा मङ्गलबार भएको सडक दुर्घटनामा परी कम्तीमा पनि ११ जनाको मृत्यु भएको छ ।

यस दुर्घटनामा अरु नौ जना घाइते भएका छन् । चालकसहित १४ जना बोकेको एउटा मिनीबस राजमार्गको पुलतर्फ जाँदै गर्दा विपरीत सडकबाट निकै तीव्र गतिमा आउँदै गरेको लरीले ठक्कर दिएको डकाहलिया प्रान्तको फेसबुकमा राखिएको एउटा विज्ञप्तिमा जनाइएको छ ।

मृत्यु हुनेहरु सबै एकै परिवारका रहेका छन् । एकै परिवारका छ बालबालिकासहित एघारको मृत्यु भएको प्रहरीले जनाएको छ । यस घटनामा घाइते भएका सबैलाई नजिकैको एक सरकारी अस्पतालमा भर्ना गरिएको समाचारमा जनाइएको छ । 

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  २ : ३८ बजे