थप ५७ वटा हिमाल आरोहणका लागि खुला

केपी ओलीले पोष्ट गर्नुभएको नेपाली रेलको भिडियो भाइरल  

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कुर्था–जयनगर रेल कुदेको र आफू चढेकोसहितको सुन्दर दृश्य सामाजिक सञ्जालमा पोष्ट गर्नुभएको छ । 

आज बुधबार उहाँले ‘हाम्रो रेल, नेपालको रेल !’ शीर्षक दिएर सो भिडिओ फेसबुक ामर्फत सार्वजनिक गर्र्नुभएको हो ।  भिडिओमा तराइका फाँटको बीच भागमा रेल कुदिरहेको मनोरम दृश्य देख्न सकिन्छ ।

स्वयम् ओली नेतृत्वको सरकारले खरिद गरेर ल्याएको रेल हाल सञ्चालनमा छ । हाल जयनगरदेखि जनकपुरसम्म ३५ किलोमिटरमा रेल चलिरहेको छ भने सोही रूट हुँदै बर्दिबाससम्म ६९ किलोमिटर रेलमार्ग निर्माणाधीन छ ।

भारतको आर्थिक तथा प्राविधिक सहयोगमा रेलमार्ग निर्माण भएको हो । रेलमार्गका लागि भारत सरकारले ८।७७ अर्ब रुपैयाँ अनुदान दिने प्रतिबद्धता ओली सरकारकै पालामा जनाएको छ ।

​​​​​​​

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  १ : १६ बजे