यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

पाकिस्तानमा देशव्यापी रुपमा पोलियोविरुद्धको खोप अभियान सञ्चालन

​​​​​​​इस्लामावाद ।  पाकिस्तान सरकारले पोलियो खोपका विरुद्धमा देशव्यापी अभियान सञ्चालन गरेको जनाएको छ । सोमबारबाट पाकिस्तान देशभर सो अभियान सुरु गरिएको बताइएको छ ।पाकिस्तानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पाकिस्तानमा पोलियोको प्रकोप देखिएकाले पोलियो उन्मूलनका लागि देशव्यापी खोप अभियान सुरु गरिएको बताइएको छ ।यो एक हप्ता लामो अभियान भएको बताइएको छ । सो अभियान सोमबारबाट सुरु गरिएको हो । सोमबार पाकिस्तानी स्वास्थ्यमन्त्री अब्दुल क्वादिर पटेलले सो अभियानको सुरुआत गर्नुभएको हो ।

यो अभियानअनुसार पाकिस्तानका पाँच वर्ष मुनिका सबै बालबालिकालाई पोलियोविरुद्धको खोप दिइने छ ।

यो अभियान पाकिस्तानका दशौँ लाख बालबालिकासम्म पुग्ने मन्त्री क्वादिरले बताउनुभयो । उहाँले देशबाट पोलियो उन्मूलन गर्ने यो ठूलो अभियान भएकाले यसका लागि सहयोग गर्न यहाँका सबै अभिभावकलाई आग्रह गर्नुभएको छ ।

यो अभियानमा खैबर पाक्थुन्क्वा प्रान्तका बालबालिकालाई विशेष ध्यान दिइने छ । उनीहरुलाई घरघरैमा पुगेर पनि खोप लगाउन भनिएको छ । पाकिस्तानमा यो वर्ष २० जना बालबालिकामा पोलियोको सङ्क्रमण भेटिएको छ । यहाँको विशेषगरी खैबरका बालबालिकामा बढी मात्रामा पोलियो देखिएको बताइएको छ । 
 

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  २ : ५९ बजे