थप ५७ वटा हिमाल आरोहणका लागि खुला

एमालेले सुदूरपश्चिमको दार्चुलाबाट देशव्यापी चुनावी अभियान थाल्ने

काठमाडौँ ।  नेकपा एमालेले सुदूरपश्चिमबाट देशव्यापी चुनावी अभियान थाल्ने भएको छ ।

एमालेले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर देशव्यापी चुनावी अभियान दार्चुला जिल्लाबाट सुरु गर्ने भएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओली राष्ट्रव्यापी चुनावी अभियानको उद्घाटनका लागि कात्तिक १८ गते दार्चुला जानुहुने जनाइएको छ ।

अध्यक्ष ओलीले सदरमुकाम खलङ्गामा कात्तिक  १८ गते बिहान ११ः०० बजे आमसभालाई सम्बोधन गरेर चुनावी अभियान थालनी भएको घोषणा गर्नुहुने जनाइएको छ । 

अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा चुच्चे नक्सा समेटिएको ठाउँबाट चुनावी अभियान थाल्नुले अतिक्रमित भूमि फिर्ता गराएको एजेन्डालाई प्राथमिकता साथ अगाडी बढाउन लागेको बुझिएको छ । एमाले सरकारकै पालामा भारतले कब्जा गरेको भूमि नेपाली नक्सामा राखिएको थियो । एमालेले आगामी निर्वाचनमा अतिक्रमित भूमि फिर्ता गर्ने कुरा सशक्त रूपमा उठाउने बुझिएको छ । 

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  १ : १९ बजे