बढी भाडा लिने ३१ जना नियन्त्रणमा

थप ५७ वटा हिमाल आरोहणका लागि खुला

आहा कति रमाइलो तिहार, आहा ! मानवताको मन्दिर 

​​​​​​​हेटौँडा । हेर्दै स्वर्गीय आनन्द लाग्ने ठाउँ । मूल द्वार देखिनै झकिझकाउ । बिजुलीमा प्रकृतिका रङ मिसिएर देखिएको सप्तरङ्गीले पुलकित बनाउँछ । अझ दीपावली प्रवेश गरेपछि अर्कै उत्सवमय बन्न पुगेको छ ।

झिलिमिली बत्तीले शोभा थपिदिएको बगैँचामा खेल्दै गरेका चराचुरुङ्गी, पुतली र भमराले सुगन्ध तानिरहेको छ । यती सुन्दर र मनै लोभिने ठाउँ हो परोपकारी उद्धार मनाहरूको सहयोगमा हेटौँडा ९ लामसुरेधापमा बनेको मानव सेवा आश्रम अर्थात् मानवीयताको मन्दिर । जहाँ परिवार वा आफन्तले सडकमा लगेर फ्याँकेका र मनोरोगलगायत विभिन्न कारणले आफैँ पनि सडकमा आइपुगेर हेलत्वको जीवन गुजार्न विवश मानिसहरूले खाना, नाना र छाना पाइरहेका छन् ।

यस मानवीय मन्दिर निर्माणको लागि थोरै नेपाल सरकारको अनुदान र अधिकांश परोपकारी नेपाली मनहरूको हृदयदेखिको सहयोग परेको छ । आश्रमका अभियन्ताहरूले परोपकारी मन पगालेर अथक मेहनतका साथ तयार पारिएको हो उक्त मानवीयताको मन्दिरमा  अहिलेको अवस्थामा ल्याइपुर्‍याउन श्रीमद्भागवत ज्ञान विज्ञान अनुष्ठान, मह जात्रा, राविन्द्र मिश्रका कविता वाचन लगायत अनेकौँ कार्यक्रमहरू आयोजना गरिएको थियो ।

अहिले यहाँ २०० जना लक्ष्मीनारायणहरू हुनुहुन्छ । महिला र पुरुषका लागि छुट्टाछुट्टै भवन छ । आश्रमको दूरदर्शी योजनाअनुसार उहाँहरूका लागि दूध खुवाउन गाई पालन गरिएको छ । अर्ग्यानिक तरकारीका लागि करेसाबारी छ । फलफूलका बिरुवा समेत रोपिएकामा केही फल्न थालिसकेको छ  ।

आश्रमबाट उत्सर्जन हुने फोहोरलाई व्यवस्थापन गरी आश्रमले एकातर्फ गड्यौंला उत्पादन गरिरहेको छ भने अर्कोतर्फ शौचको सदुपयोग गरी गोवर ग्यास निर्माण बनाई फोहोरलाई इन्धनमा रूपान्तरण गरिएको छ ।

आश्रम अगाडि मानवेश्वर धाम बनाउने तयारी थालिएको आश्रमका अध्यक्ष रामजी अधिकारी बताउनुहुन्छ । त्यसका लागि बागमती प्रदेश सरकारबाट एक करोड विनियोजन भएको छ । रिफ्रेसमेन्ट सेन्टरलगायत साँझ गङ्गा आरती गर्न स्थानसमेत बनाउन लागिएको छ । यस्तै आश्रम परिसरमा नै ज्येष्ठ नागरिक मनोरञ्जन केन्द्र बनाउने तयारी छ ।

वृहत् र दीर्घकालीन योजनासहित बनेको यो मानव सेवा आश्रमको केन्द्रीय कार्यालय मानवीयताको मन्दिर नभएर अरू के होला रु हाल यहाँ आश्रित व्यक्तिहरूले बारीमा श्रमदान पनि गर्दै आउनुभएको छ । यहाँबाट उत्पादन भएको फोहरबाट गडौँला खेती र इन्धन बचतका लागि गोबर ग्याँस समेत निर्माण गरिएको छ ।

हाल देशभर भाडामा रहेको मानव सेवा आश्रम आफ्नै भवन निर्माण गरी सर्ने योजना सहित गृहकार्य गरिरहेको छ ।

हेटौँडा बजारबाट नजिकै (१५ मिनेटको दुरी) हेटौडा ९ लामसुरेधापमा रहेको आश्रमबाट सोमबार मात्रै चार जनालाई  पारिवारिक मिलनका लागि भारत लगिएको आश्रम प्रवक्ता सुमन बर्तौलाले बताउनुभयो ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ७ : ४४ बजे