यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

सोमालियाको एक होटलमा आत्मघाती बम हमला

मोगादिसु । दक्षिणी सोमालियाको एक प्रसिद्ध होटलमा आत्मघाती बम हमला भएको छ । हमलामा भएको क्षतिको विववरण भने आएको छैन । आइतबार राति एक अज्ञात व्यक्तिले आत्मघाती बम हमला गरेका बताइएको छ । दक्षिणी सोमालियाली सहर किस्माओ प्रहरी उपप्रमुख मोहम्मद नासीले यहाँको उक्त प्रसिद्ध होटललाई लक्ष्य गरेर आत्मघाती हमला भएको जानकारी दिएका छन् । 

 उनले भनेका छन्– यहाँको तावाकाल होटललाई लक्ष्य गरेर आत्मघातीहरुले बम आक्रमण गरेका छन् । रातिको समय पारेर होटलमा भएको सो आक्रमणको क्षतिको अनुसन्धान भइरहेको छ ।
 
रातिको समयमा आएका आत्मघाती बम हमलाकारीहरुले एक सवारी साधानमा ल्याएको विस्फोटक पदार्थ विस्फोट गराएका थिए । सो विस्फोटक पदार्थ विस्फोट भएपछि होटलमा त्रास फैलिएको र प्रहरीले शान्त रहन आग्रह गरेको थियो । 

आत्मघातीहरुले बम विस्फोट गराएपछि प्रहरी र उनीहरुका बीचमा होटलभित्रै भिडन्त पनि भएको बताइएको छ । यहाँ सो आक्रमणबाट केकति हताहत भएका छन् भन्ने बारेमा केही खुलेको छैन । प्रहरीले होटललाई घेरा हालेर अनुसन्धान गरिरहेको बताएको छ ।
 

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  १ : ४४ बजे