‘एउटै नाउरको सिकार गर्न २३ लाख’

सार्वजनिक स्थानमा फोहोर फाल्नेमाथि काठमाडौँको महानगरपालिका

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थानमा अनधिकृत रूपमा फोहोर फाल्नेमाथि कारबाही अगाडि बढाएको छ । 

महानगरले अनुगमनका लागि नगर प्रहरी र कर्मचारीको टाली पनि खटाएको छ ।

महानगरपालिकाका, नगर प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टका अनुसार रातिको मौका छोपी सडकका चोक र गल्लीमा फोहोर फाल्ने २० जनामाथि कारबाही गरिएको छ । 

फोहोरको मात्रा र प्रकृतिअनुसार कम्तीमा १ हजारदेखि बढीमा २५ हजार रुपैयाँसम्म जरिवाना रकम तोक्ने गरिएको छ । 

महानगरले फोहोर फाल्नेमाथि जरिवाना गरेर मात्र ४ लाख ५ सय रुपैयाँ जरिवाना रकम सङ्कलन गरेको छ ।

वातावरण तथा कृषि विभागले गरेको अनुगमनका क्रममा  साउन महिनामा १ लाख ५२ हजार ५ सय रुपैयाँ, भदौ महिनामा ९९ हजार ५ सय रुपैयाँ र असोज महिनामा १ लाख ४८ हजार ५ सय रुपैयाँ सङ्कलन भएको भट्टले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ९ : ४५ बजे