यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

सिङ्गापुरमा एकै दिनमा छ हजार भन्दा बढी कोभिड १९ का नयाँ सङ्क्रमित

सिङ्गापुर । सिङ्गापुरमा शनिबार कोभिड–१९ का छ हजार तीन सय ३९ जनामा कोरानाको नयाँ सङ्क्रमित भएका छन् । यसैसगै देशमा कोभिड १९ सङ्क्रमितका कुल सङ्ख्या बीस लाख ५९ हजार सात सय नौ जना पुगेका छन् ।

कोरोनाका यी सङ्क्रमितहरु पाँच हजार चार तीन जना स्थानीय र दुई सय ३४ आयातित रहेका जनाइएको छ ।    हाल यहाँ कुल छ सय २८ सङ्क्रमित अस्पातालमा रहेका छन् ।  सघन उपचार केन्द्रमा १६ जना रहेका छन्  यद्यपी शनिबार कोभिड १९ बाट कसैको पनि मृत्यु भने भएको छैन् । सिङ्गापुरमा कोरोना सुरु भएबाट हालसम्म एक हजार छ सय ६० जनाको मृत्यु भएको छ ।   
 

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ३ : ५६ बजे